काठमाडौं, ११ जनवरी । प्रतिनिधि सभा पुनर्स्थापना हुने या नहुने टुङगो अदालतले नलगाउदै सरकार भने चुनावको तयारीमा लागेको छ । चुनावको तयारीको लागि गृह मन्त्री राम बहादुर थापाले अर्थ मन्त्री र सुरक्षा निकायका प्रमुख हरु सहित को बैठक गरेका छन । बैठकमा गृह मन्त्री थापाले मुलुक निर्वाचनको तयारीमा लागि सकेको भन्दै सुरक्षाको लागि तयारी गर्न सबै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले चुनावको लागि बजेटको अभाव नहुने बताए ।