बिश्वका ५१ देशमा पुगिसकेको मंकीपक्स रोगबाट यूरोपेली देशहरुमा बच्चाहरु पनि संक्रमित हुन थालेको पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित बढिरहेको यूरोपमा बच्चाहरुमा समेत देखिन थालेपछि चिन्ता बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार युके, जर्मन, फ्रान्स र स्पेनमा बच्चाहरुमा यो रोग पुष्टि भएको छ । युकेमा २ जना, जर्मन, फ्रान्स र स्पेनमा एक/एक जना स्कुले बालबालिकामा मंकीपक्स पुष्टि भएको हो । अहिलेसम्म विश्वका ५१ देशमा साडे ५ हजार जना यो रोगबाट संक्रिमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई अहिलेसम्म विश्व स्वास्थ्य संकट घोषणा गरेको छैन तर गत शनिवार बसेको संगठनको पछिल्लो बैठकले मंकीपक्सको बढ्दै गरेको संक्रमण र खासगरी बच्चा तथा युवाहरुमा देखिन थालेको संक्रमणले चिन्ता बढाएको भन्दै यो रोगलाई हेर्ने दृष्टिकोणमा पुर्नबिचार गर्ने अबस्था आएको निश्कर्ष निकालेको छ । स्पेनमा अहिलेसम्म १ हजार ५ सय जनामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको छ । मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्ने गरेका छन् । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको छ ।
यसैबीच गैर आवासीय नेपाली संघ स्पेनले मंकीपक्सको बढ्दो संक्रमणसँगै जोखिम बाट बच्न विदेशमा रहेका नेपालीहरुलाई सचेत बनाउने उध्येश्यले सचेतना कार्यक्रम आयोजना गरेको छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय समिती अन्र्तगतको स्वास्थ्य समितीसँगको सहकार्यमा डाक्टरहरुसंग परामर्श कार्यक्रम आयोजना गरिएको एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । यही जुलाई ३ तारिक आइतवार स्पेनको समय अनुसार बेलुकी ६ वजे जुम माफर्त हुने उक्त कार्यक्रममा सहभागी भै पंकीपक्स रोग र यसबाट बच्ने उपाएका बारेमा जानकारी लिनुहुन उहाँले सवैलाई आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा एनआरएनए स्वास्थ्य समितीका चेयरमेन डाक्टर सञ्जिव सापकोटा, एनआरएनए यूरोप स्वास्थ्य समितीका कोर्डिनेटर डाक्टर बोधराज सुवेदी र फिजिसियन डाक्टर सागर पौडेलले पंकीपक्स रोग र यसबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिनुहुने छ । उक्त कार्यक्रममा सहभागी भै डाक्टरहरुलाई जिज्ञाशा समेत राख्न सकिने एनआरएनए स्पेनले जनाएको छ ।