गैर आवासीय नेपाली संघ, स्पेनको आयोजनामा अक्टोवर २५ तारिक सोमवार दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोभिड माहामारीका कारण लामो समयदेखि स्पेनको नेपाली समुदायले खुल्ला रुपमा कुनै कार्यक्रम गरेका थिएनन् । अहिले स्पेनमा कोभिड प्रतिबन्द्धहरु हट्दै गएकोले खुल्ला रुपमा दशैं, तिहार कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । सोमवार दिउसो साडे तीन वजेदेखि राती ९ वजेसम्म हुने उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम हुने कार्यक्रमका संयोजक तथा एनआरएनए स्पेनका सचिव एनके भट्टराईले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रममा विभिन्न स्थानीय कालाकारको प्रस्तुतीसँगै राष्ट्रिय कलाकार जेवी ओली र सुमि घिमिरेको प्रस्तुती रहने उहाँले बताउनुभयो । कार्यक्रमको प्रुमख आतिथ्यताका एनरआएनएका यूरोप संयोजक नारायण आचार्य स्पेन आउँदै हुनुहुन्छ । बार्सिनोनाको Hospitalet de Llobregat स्थित Plaza Bobila (Biblioteca de Bobila) को हलमा हुने कार्यक्रममा सहभागी हुनका लागि प्रतिब्यक्ति १० यूरो लाग्ने र उक्त रकम बराबरको खानाको कुपन उपलब्ध गराईने संयोजक भट्टराईले बताउनुभयो । साथै कार्यक्रममा भएको खर्च कटाएर बचेँको पैसामा थप सहयोग जुटाएर नेपालमा हालैका दिनमा आएको बाढि पहिरोबाट पीडित भएकाहरुलाई सहयोग गर्ने योजना समेत रहेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।
एनआरएनए स्पेनले लामो समयपछि खुल्ला रुपमा सवैसँग भेटघाट गर्ने उद्देश्यले हुन लागेको कार्यक्रममा सहभागी भै सफल पारिदिन सम्पूर्ण स्पेनबासी नेपाली समुदायमा आग्रह गरेको छ ।