• Sun. Nov 24th, 2024

SPAIN NEPAL COM

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ पक्राउ

Byspainnepal

Mar 4, 2021

इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री गर्ने ८० जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट तीन हजारभन्दा बढी डोज खोप बरामद गरिएको छ । त्यसैगरि दक्षिण अफ्रिकाबाट तीनजना चिनियाँ र एक जाम्बियन नागरिकसहित दुई हजार ४०० डोज नक्कली खोप बरामद गरिएको छ ।
उनीहरुलाई कुन-कुन मितिमा पक्राउ गरियो भन्‍ने खुलाइएको छैन । इन्टरपोलले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्कली खोप बिक्री गर्ने अर्को गिरोहसमेत रहेको सूचना प्राप्त भएको जनाएको छ ।
दक्षिण अफ्रिकामा करिब दुई हजार चार सय डोज नक्कली खोप र तीन मिलियन नक्कली मास्क बरामद गरेको हो । एक गोदममा राखिएको प्याकेजहरुले प्रहरीले सार्वजनिक गरेको हो ।
दक्षिण अफ्रिकामा १७ फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । यहाँ नक्कली खोप बिक्री हुनसक्ने अनुमानसहित चिनियाँ गिरोह पुगेको बताइएको छ ।
चीनको कुन कम्पनीले कहाँ उत्पादन गरेको हो भन्‍ने खुलाएको छैन । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *