स्पेन सरकारले आगामी जुन २६ तारिकदेखि सार्वजनिक स्थानमा फेस मास्क अनिर्वाय रुपमा लगाउनुपर्ने बाध्यकारी नियम हटाउने भएको छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले शुक्रवार बार्सिलोनामा भएको एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । सरकारले फेस मास्कको नियम हटाउनेबारे करिब एक महिनादेखि छलफल गरिरहेको थियो । मन्त्रीपरिषद्को आगामी बैठकले यसबारे निर्णय गर्ने र २६ तारिक देखि लागुहने साञ्चेजले बताए । “हाम्रा सडक र हाम्रा अनुहारहरु केहीदिनमै सामान्य अबस्थामा फर्कनेछन” उने भने । स्पेनमा २०२० को मे २१ बाट मास्क अनिर्वाय गरिएको थियो ।