स्पेनको बार्सिलोनामा कोरोना कहरका बीच एउटा ठुलो कन्सर्ट बिना सामाजिक दुरी आयोजना गरिने भएको छ । लभ अफ लेजवियन गु्रपले मार्च २७ मा आयोजना गर्न लागेको उक्त कन्सर्टमा ५ हजार मानिस सहभागी हुनेछन् । करिब २ लाख युरो खर्च गरेर आयोजना गर्न लागिएको उक्त कन्सर्टको टिकट मुल्य २३ युरो राखिएको छ । र सवै टिकट बुक भैरहेसकेको छ । बार्सिलोनाको पलाउ सान्ट जोर्डीमा हुन लागेको उक्त कन्सर्टमा सहभागी हुनका लागि कोरोना टेस्ट गराएर मात्रै अनुमती दिइने छ ।