• Thu. Nov 21st, 2024

SPAIN NEPAL COM

नेपालमा कोरोनाको खोप पाउन अप्रिलको अन्त्यसम्म कुर्नुपर्ने

Byspainnepal

Jan 3, 2021

नेपालमा कोरोनाको खोप पाउन अप्रिलको अन्त्यसम्म कुर्नुपर्नेभएको छ ।हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड  बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा  अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति  दिइसकेको अवस्था  छ । विभिन्न  मुलुकमा तीब्र  रूपमा  खोप वितरण समेत जारी छ  । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि  कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी  अपनाउन  जरुरी  रहेको भन्दै  समितिले  अझै ढुक्क  हुने अवस्था  भने नरहेको  जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी  मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च  सावधानीको आवश्यकता समितिले  औंल्याएको छ।

भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ  प्रकारको  भाइरस देखा परेका देशमा  बसोबास  गर्ने नेपालीहरुलाई  पनि सचेत  रहन समितिले  आग्रह  गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *